नियम १४
विवरण पेश गर्नुपर्ने
(१) एक भन्दा बढी बिमा व्यवसाय गर्ने बिमकले ऐनको दफा २० को उपदफा (२) बमोजिम प्रत्येक बिमा व्यवसायको हिसाब किताब स्पष्ट रूपमा छुट्टाछुट्टै राखी अनुसूची–५ बमोजिमको ढाँचामा सो को विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएकोे
६ महिनाभित्र समितिको कार्यालयमा पेश गर्नुपर्ने छ ।
स्पष्टीकरणः “अनुसूची–५” भन्नाले अनुसूची–५ को खण्ड “क”, “ख”, “ग”, “घ”, “ङ”, “च”, “छ”, “ज”, “झ”, “ञ”, “ट”, “ठ”, “ड”, र “ढ” लाई समेत जनाउँछ ।
(२) बिमकले आफ्नो सम्पत्ति र दायित्वको सम्पूर्ण विवरण अनुसूची–६ बमोजिमको ढाँचामा प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र समितिको कार्यालयमा पेश गर्नुपर्ने छ ।